Skip to content

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ३० अर्ब निक्षेप खिच्दै

nabil
global ime
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि लगातार पैसा खिचिरहेको छ। राष्ट्र बैंकले आज जेठ २० गते फेरि निक्षेप संकलनबाट बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ तान्न लागेको हो। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।
 राष्ट्र  बैंकले साे निक्षेप संकलन उपकरण  ५६ दिनकाे लागि निकालेकाे हाे । निक्षेप संकलन उपकरणको आउँदो साउन १३ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T