Skip to content

तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध ५० प्रतिशत पूरा

nabil bank

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिकामा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको प्याकेज–१ अन्तर्गत निर्माण भइरहेको १४० मिटर अग्लो मुख्य बाँधको निर्माण ५० प्रतिशत सकिएको छ ।

आयोजना २०८१ साल चैत ७ गतेदेखि सुरु भएको हो । आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार बाँध निर्माणका लागि कुल ८ लाख ५० हजार घनमिटर कङ्क्रिट गर्नुपर्नेमा हालसम्म ४ लाख २४ हजार १२० घनमिटर कङ्क्रिट गरिएको छ ।

१४० मिटर उचाइको यो बाँध निर्माण सम्पन्न भएपछि तनहुँ जलविद्युत् आयोजना नेपालको ऊर्जा क्षेत्रमा महत्वपूर्ण उपलब्धिका रूपमा स्थापित हुने विश्वास गरिएको छ ।

प्याकेज–१ अन्तर्गत बाँधलगायत संरचनाको काम सोङ्दा कालिका जेभीले गरिरहेको छ । यो प्याकेजमा ५९ प्रतिशत प्रगति भएको छ । मुख्य बाँध निर्माणका लागि सुरुङलगायत अन्य संरचनाको निर्माण सम्पन्न भएको छ ।

मुख्य बाँध निर्माणका लागि सेती नदीलाई पथान्तरण गरिएको छ । बाँधको माथिल्लो र तल्लो तटीय क्षेत्रमा अस्थायी बाँध निर्माण सम्पन्न भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi