Skip to content

धुर्मस-सुन्तली फाण्डेशनले नसकेको गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुन: सुरु

nabil bank
चितवन । रोकिएको गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुन: सुरुभएको छ ।
बागमती प्रदेश सरकारबाट बजेट निकासामा ढिलाइ भएकाले यसअघि भुक्तानी नपाएको भन्दै निर्माण कम्पनीले एक महिना निर्माण कार्य रोकेको थियो । बागमती प्रदेश सरकारबाट नौ करोड निकासा भएपछि निर्माण कार्य पुन: सञ्चालन भएको भरतपुर महानगरपालिकाका इञ्जिनियर आदर्श पोखरेलले जानकारी दिए ।
महानगरपालिकाका डिभिजन इञ्जिनियर सन्तोष आचार्यले निर्माण कम्पनीलाई बिल अनुसारको भुक्तानी भइसकेको बताउनुभयो । रङ्गशालाको निर्माणको काम हिमालयन कालिञ्चोक बिबिआर जेभीले गर्दै छ ।
ठेक्का सम्झौताको म्याद आगामी पुस २२ गते सकिन्छ । हाल ५५ प्रतिशत काम पूरा भएको  छ । विसं २०८१ असारमा भरतपुर महानगरपालिका र निर्माण कम्पनीबीच  २०८३ पुस २२ गते काम सक्ने गरी कूल ७५ करोड ५० लाख ९१ हजार १८९ मा सम्झौता भएको थियो ।
धुर्मस–सुन्तली फाण्डेशनले काम गर्न नसकेपछि महानगरपालिकाले बोलपत्रमार्फत काम थालेको हो ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi