काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबारको प्रि–ओपन सेसनमा सेयर बजार घटेको छ । आजको यस कारोबार सेसनमा सेयर बजारमा मापक नेप्से परिसूचक ६.९४ अंक घटेर २७५९.८४ विन्दुमा झरेको छ।
शुक्रबार प्रि–ओपन सेसनमा ४६ कम्पनीको ५८ पटकको कारोबारमा १७ लाख २० हजार ३८० रुपैयाँ ५० पैसाबराबरको २ हजार ४०७ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये १२ कम्पनीको मूल्य बढेको छ भने २७ कम्पनीको मूल्य घटेको छ। बाँकी ७ कम्पनीको मूल्य सो सेसनमा स्थिर रहेको छ।












प्रतिक्रिया दिनुहोस्