Skip to content

राष्ट्रिय वाणिज्य बैंकले काठमाडाैंसहितका गैह्र बैंकिङ सम्पत्ति बेच्दै, १५ दिनभित्र बोलपत्र दिन आह्वान

nabil bank
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आफ्नो नाममा रहेको विभिन्न गैह्र बैंकिङ सम्पत्ति गोप्य सिलबन्दी बोलपत्रमार्फत लिलाम बिक्री भएको छ ।  गैह्र बैंकिङ सम्पत्ति बेच्नको लागि बैंकले १५ दिने सूचना जारी गरेको हो।
बैंकले काठमाडौं र कैलाली जिल्लास्थित घरजग्गा तथा अन्य सम्पत्तिहरू न्यूनतम मूल्य तोकी बिक्रीका लागि प्रस्ताव आह्वान गरेको छ । सूचनाअनुसार इच्छुक व्यक्ति, फर्म वा कम्पनीले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र सम्बन्धित शाखा कार्यालयमा सिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। बोलपत्रहरू १६औँ दिन दिउँसो २ बजे खोलिने बैंकले जानकारी दिएकाे छ।
बैंकले लिलाममा राखेको काठमाडौंको तीनथानास्थित घरसहितको जग्गाको न्यूनतम मूल्य ३ करोड २० लाख ५७ हजार रुपैयाँ तोकिएको छ । यसैगरी, गौशालास्थित घरसहितको जग्गाको मूल्य २ करोड २२ लाख २३ हजार ८७५ रुपैयाँ निर्धारण गरिएको छ।
बैंकले कैलालीको टिकापुर, चौमाला, भजनी, मसुरिया र हसुलिया क्षेत्रमा रहेका जग्गाहरू ६२ लाख २० हजार रुपैयाँदेखि २ करोड ४३ लाख ९१ हजार ६ सय रुपैयाँसम्मको न्यूनतम मूल्यमा लिलाम बिक्रीका लागि राखिएको जानकारी दिएको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi