काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गरे लगत्तै आज विभिन्न ४ निर्णय गरेका छन् ।
मन्त्री गुरुङले आज जेनजी आन्दोलनका क्रममा भएका घटनामा फौजदारी अभियोजन भएकाहरूको मुद्दा फिर्ता गर्न कार्यदल बनाउने निर्णय गरेका छन् ।
यस्तै गृहमन्त्री गुरुङले २०५८ सालमा भएको दरबार हत्याकाण्डको थप छानबिन गर्ने निर्णय गरेका छन् । उनले राजदरबार हत्याकाण्डबारे यसअघिका भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिनको प्रक्रिया अगाडि बढाउने निर्णय गरेका हुन् ।
गुरुङले सुरक्षा निकायबाट संवेदनशील सूचना चुहावट हुन नदिन सूक्ष्म निगरानी गरी कारबाही गर्न सेन्सिटिभ इन्फर्मेसन भिजलेन्ट टिम निर्माण गर्ने निर्णय गरेका छन् ।
यस्तै, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई थप सशक्त र प्रभावकारी बनाउन हाल प्रक्रियामा रहेका अनुसन्धान फाइलहरूलाई शीघ्र टुंगोमा पुर्याउन निर्देशन दिने निर्णय गरेका छन् ।












प्रतिक्रिया दिनुहोस्