Skip to content

विदेश पढ्न जाने विद्यार्थीलाई राष्ट्र बैंकले दियो डलर सटहीमा सुविधा

nabil
global ime

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशमा अध्ययन गर्न जाने वा अध्ययन गरिरहेका विद्यार्थीहरूका लागि डलर सटही सुविधामा सहजिकरण गरेको छ ।

राष्ट्र बैंकले एकीकृत परिपत्र जारी गर्दैै डलर सटहीमा सहजिकरण गरेको हो ।

विदेशमा अध्ययन गर्न जाने वा अध्ययनरत विद्यार्थीको भिसा प्राप्ति वा नवीकरण र निर्वाह खर्चको लागि सम्बन्धित मुलुकको राजदूतावास वा सरकारी निकायले विद्यार्थीको खाता नाममा तोकेको परिवर्त्य विदेशी मुद्राको सूचीमा नरहेको स्थानीय मुद्रामा निश्चित रकम देखाउनु पर्ने प्रावधान रहेको पुष्टि हुने कागजातको आधारमा आवश्यक रकमको सटही उपलब्ध गराउन सकिने जनाएको छ ।

यसरी सटही उपलब्ध गराउँदा विनिमय दरको उतारचढावको कारण लाग्ने थप खर्च रकमको यकिन हुन नसक्ने अवस्थामा पठाउनुपर्ने रकमको बढीमा ५ प्रतिशतसम्म थप गरी अमेरिकी डलर वा अन्य परिवर्त्य विदेशी मुद्रा पठाउन सकिने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकको एकीकृत परिपत्र–२०८२ बमोजिम पेश गर्नुपर्ने कागजात सक्कलै हुनुपर्ने उल्लेख भएतापनि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार
ऐन, २०६३ वा उक्त ऐन अन्तर्गत बनेको नियममा उल्लिखित प्रक्रिया पूरा गरी डिजिटल हस्ताक्षरद्वारा प्रमाणित गरिएको कागजातलाई समेत मान्यता दिनुपर्ने उल्लेख छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T