काठमाडौं । बढ्दो गर्मी र आउँदो फुटबल विश्वकपको रौनकलाई अझ रोमाञ्चक बनाउँदै नेपालको अग्रणी स्मार्टफोन ब्रान्ड भिभोले आफ्नो नयाँ समर सरप्राईज क्याम्पेन सार्वजनिक गरेको छ ।
जेठ २५ देखि असार २३ गतेसम्म सञ्चालन हुने क्याम्पेनले ग्राहकहरूलाई तत्कालै आकर्षक उपहार जित्ने अवसरका साथै मेगा लक्की ड्र मार्फत विशेष पुरस्कार जित्ने अवसर पाउनेछन् ।
अभियान अवधिभर नेपालभरका अधिकृत रिटेल आउटलेटहरूबाट भिभो स्मार्टफोन खरिद गर्ने ग्राहकहरूले विभिन्न आकर्षक उपहारहरू प्राप्त गर्नुका साथै स्वत: मेगा लक्की ड्रमा सहभागी हुने अवसर पाउनेछन् । ग्राण्ड प्राइजहरूमा भिभो वाई ३१ डि, भिभो भि७० एफ ई र ५५ इन्चको स्मार्ट टिभी समावेश छन्, जसले आगामी फुटबल विश्वकप हेर्ने ग्राहकहरुको अनुभवलाई अझ रोमाञ्चक बनाउन सक्छ ।
वर्षौंदेखि, भिभोले नवीनतम डिजाइन, उन्नत क्यामेरा प्रविधि, र भरपर्दो स्मार्टफोन अनुभवमार्फत नेपाली उपभोक्ताहरूको विश्वास जित्दै आईरहेको छ । ‘भिभो समर सरप्राईज’ क्याम्पेनले देशभरका ग्राहकहरूमा उत्साह र भ्यालु एड गर्ने ब्रान्डको प्रतिबद्धतालाई अझ सुदृढ पार्दछ ।
ग्राहकहरूले जेष्ठ २५ देखि असार २३ सम्म आफ्नो नजिकको आधिकारिक भिभोे रिटेल आउटलेटमा गई क्याम्पेनमा सहभागी हुन तथा आकर्षक पुरस्कार जित्ने अवसरको लाभ लिन सक्छन् ।












प्रतिक्रिया दिनुहोस्