Skip to content

मकालु वाईन इन्डस्ट्रिज आईपीओ निष्कासन गर्दै

nabil bank

काठमाडौं । नेपालको पहिलो वाईन उद्योग मकालु वाईन इन्डस्ट्रिजले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशत अर्थात प्रतिकित्ता सय रुपैयाँका दरले १० लाख कित्ता सेयर निष्काशन गर्ने भएको छ ।

आईपीओ निष्काशनका लागि कम्पनीले रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सम्झौतापत्रमा मकालु वाईन इन्डस्ट्रिज लिमिटेडका अध्यक्ष पिताम्बर पोख्रेल तथा रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले हस्ताक्षर गरेका थिए ।

वि.सं. २०५२ सालमा धर्मदेवी नगरपालिका–३, संखुवासभामा स्थापना भएको मकालु वाईन इन्डस्ट्रिज लिमिटेडले विगत ३१ वर्षदेखि समुन्द्र सतहबाट करिब २ हजार ८०० मिटर उचाइमा रहेको प्राकृतिक मुहानको पानी तथा जंगलमा पाइने चुत्रो र ऐंशेलुबाट अर्गानिक “हिंवा वाईन” उत्पादन गर्दै आएको छ । आधुनिक प्रविधिको प्रयोगमार्फत उच्च गुणस्तरीय वाईन उत्पादन गर्दै आएको कम्पनीसँग करिब २० रोपनी आफ्नै जग्गा रहेको छ ।

कम्पनीमा देवश्री भेन्चर, हारभेस्ट भेञ्चर, विर्तामोड सञ्जिवनी इन्भेष्टमेन्ट तथा स्टक आइडियाज इन्भेष्टमेन्ट लगायत संस्थागत लगानीकर्ताको समेत लगानी रहेको छ । कम्पनीले निकट भविष्यमा अंगुरबाट उत्पादन हुने तीन प्रकारका प्रिमियम वाईन बजारमा ल्याउने तयारी समेत गरिरहेको जनाएको छ । आईपीओ निष्काशनसँगै नेपालको अर्गानिक वाईन उद्योगलाई पूँजी बजारसँग जोड्ने महत्वपूर्ण कदमका रूपमा यसलाई हेरिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi