काठमाडौं । बीमा प्राधिकरणका पूर्व २ अध्यक्ष, उद्योगी व्यवसायीसहित ४२ जना विरुद्ध बीमासम्बन्धी कसुरमा मुद्दा दर्ता भएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को लामो अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले आज प्राधिकरणका पूर्व २ अध्यक्षसहित ४२ जना विरुद्ध मुद्दा दायर गरेको हो ।
उक्त मुद्दामा आर्थिक अपचलन, हिनामिना तथा आर्थिक दुरुपयोग गरेको भन्दै शेखर गोल्छा, आशिष श्रेष्ठ, सुभाष बहादुर श्रेष्ठ, दिपक भट्ट, शुलभ अग्रवाल, उपासना पौडेल, मृगेन्द्र नाथ रिमाल, सिद्धान्त झुनझुनवाला, लतिका गोल्याण, सुनिता श्रेष्ठ, अनुप मालाकार, बद्री सिग्देल, प्रविना दाहाल, सुजल मल्ल, अमित मोर, शाहिल अग्रवाल, रोहित गुप्ता, राजीव मोर, शुभेच्छा खरेल, सुभाष कुमार झुनझुनवालालाई बिमासम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ।
यस्तै मनिष कुमार, दिपक कुमार श्रेष्ठ, सिताराम वाग्ले, आकांक्षा गुप्ता, शिशिर गैह्रे, रितेश प्रधान, कपिल कुमार दाहाल, राजन प्रसाद अधिकारी, विदुर पुरी, बिनु घिमिरे, नारायण कुमार अधिकारी, उत्सव प्रधानाङ्ग, शुमेर शम्शेर जवरा, सुभाष पौडेल, शालिनी संघई, प्रतिक जोशी बिमासम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ। सन्दिप चाचन अग्रवाल, शुभी अग्रवाल,ऋषिराज मोर, राज बहादुर शाहले गरेको उल्लिखित कार्य बीमा ऐन, २०७९ को दफा १४० को उपदफा १ को (छ) बमोजिम कसूर गरेको पाइएको छ ।
यो मुद्दामा नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्षद्वय शरद ओझा र मदन दहाललाई विपक्षी बनाइएको छ।












प्रतिक्रिया दिनुहोस्