काठमाडौं । व्यवसायी दीपक भट्टसहित ७९ जना विरुद्ध धितोपत्र बजारमा संगठित रूपमा कृत्रिम मूल्य खडागरी चलखेल गरेको भन्दै मुद्दा दायर भएको छ ।
काठमाडौं जिल्ला अदालतमा जिल्ला सरकारी वकील कार्यालय काठमाडौंले धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा ७९ जना विरुद्ध १ अर्ब १४ करोड ८ लाख ६९ हजार ९३६ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो ।
आशिष श्रेष्ठ, प्रविना दाहाल, सिद्धान्त झुनझुनवाला, लतिका गोल्याण, बद्री सिग्देल, मृगेन्द्र नाथ रिमाल, सुजल मल्ल, ऋषिराज मोर, मृदुला सरिया, रोहित करण वैध, विदुर पुरी, पवित्र लाल चुके, विनोद नरसिंह श्रेष्ठ, ईश्वर लाल श्रेष्ठ, सुनिता महर्जन, प्रतापमान श्रेष्ठ, निकोलस पाण्डे, बलराम खत्री, मनिष तिमिल्सिना, नेहा अग्रवाल, आसिस सिंह, राम कुमार यादव, देवेन्द्र धिताल, कृतिका अग्रवाल, दिनेश सरिया, निरू दाहाल, नितेश मालपानी, गणेशराज पन्त, भानुभक्त पोखरेल, नरेश कुमार रोका, दिपेश कुमार श्रेष्ठ, शुलभ अग्रवाल, सचिन आचार्य, सौरभ दुगड, राजिव प्रसाद प्याकुरेल, प्रमिला के.सी., दिगम्बर झा, आशिष ढकाल, कपिल कुमार दाहाल, लक्ष्मण ज्ञवाली, विवेक कुमार शाह, मनोज कुमार लाल कर्ण, राजन प्रसाद अधिकारी, विनु घिमिरे, नारायण कुमार अधिकारी, उत्सब प्रधानाङ्ग, सुमेर शमशेर ज.ब.राणा, सुवास पौडेल, सालिनी सांघाई, प्रतिक जोशी, उदिप श्रेष्ठ, जयप्रकाश जयसवाल, उदयनारायण भट्टराई, त्रिशिला ‘झुनझुनवाला, प्रमोद प्रसाद भट्टराई, ज्योती अग्रवाल, नवराज मुडभरी, चिरायु भण्डारी, ज्योती प्रकाश पाण्डे, समि खरेल, शेखर गोल्छा, शाहिल अग्रवाल, रोहित गुप्ता, अमित मोर, राजिव मोर, सुभेच्छा खरेल, सुबास कुमार झुनझुनवाला, उपासना पौडेल, मनिष कुमार, दिपक कुमार श्रेष्ठ, शिशिर गैह्रे, सिताराम वाग्ले, रितेश प्रधान, आकाँक्षा गुप्ता, सुभाष बहादुर श्रेष्ठ, संदिप चाचन अग्रवाल, दिपक भट्ट, शुभी अग्रवाल, राज बहादुर शाह विरुद्ध मुद्दा दायर भएको हो ।
उनीहरुले एक आपसमा मिली आफु आबद्ध रहेको संस्थाको पदिय जिम्मेवारी पुरा नगरी संस्थालाई नै हानी नोक्सानी हुने तथा केही व्यक्तीलाई मात्र फाईदा हुने गरी धितोपत्रको दोस्रो बजारमा एक आपसमा मिली वास्तविक स्वामित्वमा फरक नपर्ने गरी, झुट्टा कारोबार गरेको पाइएको छ । उनीहरु मध्ये अधिकांश फरार रहेका छन् ।
उनीहरुले दोस्रो बजारको शेयर मुल्यमा उतार चढाव गराई, जालसाजीयूक्त कारोबार गरी निश्चित व्यक्तिहरूले मात्र फाईदा लिई, आम सर्वसाधारण व्यक्तिलाई घाटा पुऱ्याई कारोबार गरेको देखिएको छ ।
उनीहरुले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा दफा ९४ (क), दफा ९५, दफा ९६ को (क) र दफा ९८ अन्तर्गतको कसूर भएको पुष्टी हुन आएको छ ।
उनीहरुले नेपाल पुनर्बीमा कम्पनी, एनएलजी इन्स्योरेन्स र गार्डियन माइक्रो लाइफको सेयर मूल्यमा चलखेल गरेको, जालसाजीयूक्त कारोबार गरेको पाइएको छ ।
उनीहरुलाई धितोपत्र बोर्डको अनुसन्धान पछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले समेत अनुसन्धान गरेको थियो ।












प्रतिक्रिया दिनुहोस्