Skip to content

व्यवसायी भट्ट र शाहिल, शुलभसहित ४ जना विरुद्ध मुद्दा दायर: ४२ करोड दाबी, कैद सजाय माग

काठमाडौं । व्यवसायी दीपक भट्ट तथा व्यवसायीहरु शाहिल, शुलभ र शंकरलाल अग्रवाललाई ४२ करोड १४ लाख ८८ हजार ८०७ रुपैयाँ माग दाबी र ६ देखि ८ वर्ष कैद सजाय माग दाबीसहित उच्च अदालत पाटनमा मुद्दा दायर भएको छ ।

 

दीपक भट्ट, उद्योगी साहिल अग्रवाल र शुलभ अग्रवालविरुद्ध बैंकिङ कसुरको अभियोगमा ४२ करोड १४ लाख ८८ हजार ८०७ रुपैयाँ ७ पैसा बिगो कायम गर्दै कैद र जरिवाना माग गरिएको छ।

नेपाल राष्ट्र बैंकले गरेको अनुसन्धान गर्र्दा कर्जा दुरुपयोग गरेको पाइएपछि विशेष सरकारी वकिल कार्यालयले उच्च अदालत पाटनको वाणिज्य इजलासमा मुद्दा दायर गरेको छ ।

दायर अभियोगपत्रमा जगदम्बा स्टिल्स विभिन्न बैंकबाट कार्यशील पूँजी तथा अल्पकालीन कर्जाका रूपमा प्राप्त रकम स्वीकृत उद्देश्यभन्दा बाहिर प्रयोग गरी दीपक भट्टको व्यक्तिगत खातामा राखेको उल्लेख छ।

बैंकिङ्ग कसूर तथा सजाय ऐन, २०६४ को दफा ८ ले निषेधित कसूर गरेको हुँदा उनीहरुलाई सोही ऐनको दफा १५ ( २ ) (ङ) अनुरुप विगो बमोजिम जरिवाना गरी कैद सजाय माग गरिएको छ ।
प्रतिवादी शंकरलाल अग्रवालले दीपक भट्ट, शुलभ अग्रवाल र शाहिल अग्रवाललाई बैंकिङ्ग कसूर तथा सजाय ऐन, २०६४ को दफा ८ कर्जा दूरुपयोगमा अप्रत्यक्ष सहयोग तथा मद्दत पु-याउने कार्य गरेको देखिएको छ ।
जसले गर्दा शंकरलाल अग्रवाललाई बैंकिङ्ग कसूर तथा सजाय ऐन, २०६४ को दफा १५ को उपदफा (६) बमोजिम सजाय हुनका साथै अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ को उपदफा (२) र (३) बमोजिम पीडित राहत कोषमा क्षतिपूर्ति समेत भराउन माग गरिएको छ ।
भट्ट र शुलभ अग्रवाल उपर सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ अन्तर्गत कसूरमा सम्पत्ति अनुसन्धान विभाग पुल्चोक, ललितपुरमा अनुसन्धान भईरहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

national life
MAK 4T
Arghakhachi