काठमाडौं । बिहीबार सुन–चाँदीको मूल्यमा भारी गिरावट आएको छ । बिहीबारको बजारमा सुनको मूल्य तोलाको ५ हजार १०० रुपैयाँ र चाँदीको मूल्य तोलाको ९० रुपैयाँले घटेको हो ।
बिहीबारको बजारमा सुनको मूल्य तोलाको २ लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबारको बजारमा सुनको मूल्य तोलाको २ लाख ९१ हजार ८०० रुपैयाँ रहेको थियो ।
बिहीबार चाँदी पनि घटेर तोलाको ४ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा चाँदीको मूल्य तोलाको ४ हजार ७४० रुपैयाँ थियो ।
प्रतिक्रिया दिनुहोस्