Skip to content

काठमाडौं महानगरले अन्तर्राष्ट्रियस्तरको फिल्म फेस्टिबल आयोजना गर्ने

पोखरी, ढुंगेधाराको पुनर्स्थापना, आकाशे पानी संकलन तथा पुनर्भरण गर्ने

nabil bank

काठमाडौं । काठमाडौं महानगरपालिकाले सांस्कृतिक सहरः समृद्ध महानगरको परिकल्पनालाई मुर्त रुप दिन काठमाडौं महानगर क्षेत्रभित्रको मौलिक र विशिष्ट ऐतिहासिक एवम् साँस्कृतिक सम्पदाहरुको संरक्षण, प्रवर्धन तथा विकास गर्ने भएको छ ।

आर्थिक वर्ष २०८३–०८४ को नीति तथा कार्यक्रममा यो उल्लेख गरेको हो ।

‘काठमाडौंलाई खुला तथा जीवन्त संग्रहालय र रचनात्मक सहरको रुपमा विकास गरिनेछ। यहाँका ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक, सामाजिक महत्वका मठ, मन्दिर, चैत्य द्योस्छें, वहा–वहि, हिती, पोखरी, गुम्बा, स्तुपा, चोक, ननि, डबली, फल्चा लगायतका संरचना तथा सम्पदा स्थलहरुको अध्ययन, डिजिटल अभिलेखीकरण, मौलिक नामाकरण, नक्सांकन, मर्मत, जिर्णोद्धार, पुननिर्माण गरी संरक्षण, सम्वर्धन र प्रवर्धन गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘विदेशी पाहुना समेतलाई आमन्त्रण गरी अन्तर्राष्ट्रियस्तरको काठमाडौँ फिल्म फेस्टिबलको आयोजना गरिनेछ। मौलिक तथा परम्परागत सिप, कला र ज्ञानको जगेर्ना, पुस्तान्तरण एवम पुनरोत्थानको लागि ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक, तथा वास्तुकलात्मक महत्वका निजी तथा संस्थागत भवन पुननिर्माण गर्न र सम्पदा वस्ती संरक्षण गर्न प्रोत्साहित गरिनेछ।’

महानगरपालिकाले इन्द्रजात्रा तथा सेतो मछिन्द्रनाथ (आर्य अवलोकितेश्वर) जात्रा लगायतका अन्य ऐतिहासिक तथा साँस्कृतिक जात्रा मार्गमा सम्पदामैत्री भवनको फसाड निर्माण गर्न प्रोत्साहन पनि गर्ने भएको छ ।

‘पर्यटन प्रवर्धन तथा विकासका लागि प्राचिन वस्ती एवम् सहरहरुमा होमस्टे सञ्‍चालनको लागि प्रोत्साहन गरिनेछ,’ नीति तथा कार्यक्रममै भनिएको छ, ‘अमुर्त सम्पदाहरुः स्थानीय जात्रा, पर्व, कला, संस्कृति, परिकार, परम्परागत बाजा तथा संगीतहरुको संरक्षण र प्रवर्धन गर्दै युनेस्कोको अभौतिक सांस्कृतिक सम्पदामा सूचिकृत गर्न आवश्यक पहल गरिनेछ।’

महानगर क्षेत्रभित्रका पोखरी, ढुंगेधारा (हिती) हरुको पुनर्स्थापना, आकाशे पानी संकलन तथा पुनर्भरण गर्दै जल सम्पदाको संरक्षण गरी वातावरणीय सन्तुलन कायम गर्न जोड दिने पनि महानगरपालिकाले नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।

‘मौलिक र परम्परागत लोककला, पाककला, भेषभुषा, शिल्प, गरगहना, जात्रापर्व, साहित्य संगीत तथा प्राकृतिक सम्पदाहरुलाई चलचित्रको माध्यमद्वारा उजागर गरी रचनात्मक उद्योगका रुपमा विकाश र प्रवर्धन गर्न चलचित्र महोत्सव, परम्परागत खाना महोत्सव, एक्सपो, प्रदर्शनी जस्ता कार्यक्रमहरु सञ्‍चालन गरिनेछ,’ भनिएको छ, ‘काठमाडौँ महानगरपालिकाले निर्माण गरेको येँ देय् साँस्कृतिक छेँ लाई सञ्‍चालनमा ल्याइनेछ। साथै काठमाडौँ महानगरपालिका क्षेत्रको महत्त्वपूर्ण जात्राका रूपमा अन्तर्राष्ट्रियस्तरमा समेत चर्चित इन्द्रजात्राका रथयात्राका प्रमुख देवगणहरू श्री गणेश र श्री भैरवका लागि निवास निर्माण गर्न आवश्यक व्यवस्था मिलाइनेछ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi