काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल लाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्य न्यायाधीशहरू उमेश कोइराला र विदुर कोइराला को इजलासले बुधबार थुनछेक बहस सम्पन्न भएपछि दुवै प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो।
अदालतमा प्रतिवादीहरूको बयान सकिएपछि थुनछेक बहस भएको थियो। बहसपश्चात् इजलासले मुद्दाको प्रकृति, उपलब्ध प्रमाण तथा अनुसन्धानबाट संकलित विवरणको आधारमा पुर्पक्षका लागि थुनामा राखी मुद्दाको थप सुनुवाइ अगाडि बढाउने आदेश दिएको अदालत स्रोतले जनाएको छ।
उनीहरूमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अभियोजन दर्ता गरिएको छ। अब मुद्दाको अन्तिम किनारा नलाग्दासम्म उनीहरू थुनामै रही न्यायिक प्रक्रियामा सहभागी हुनेछन्।
मुद्दासम्बन्धी थप सुनुवाइ विशेष अदालतमा निरन्तर हुने जनाइएको छ।












प्रतिक्रिया दिनुहोस्