Skip to content

हिमालयन रिइन्स्योरेन्सको कामु सीईओमा मुकेश कुमार कपुर नियुक्त

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मुकेश कुमार कपुर नियुक्त भएका छन्।

कम्पनीको सञ्चालक समितिको बैठकले कपुरलाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो। यसअघि उनी कम्पनीमा नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए।

कम्पनीकी सीईओ उपासना पौडेल सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाका कारण निलम्बनमा परेपछि कम्पनीको नेतृत्व निरन्तरता दिन कपुरलाई कायममुकायम सीईओ नियुक्त गरिएको हो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T