Skip to content

यस्ता छन् मन्त्रिपरिषदले गरेका ६ निर्णय

काठमाडौं । आज बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न ६ वटा निर्णय गरेको छ ।

बैठकले नेपाल धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदमा कैलालीका डा. गोपालप्रसाद भट्टलाई नियुक्त गर्नेदेखि सहकारी सम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमाको सिद्धान्त स्वीकृत गर्ने निर्णय सम्म गरेको छ । सञ्चारमन्त्री विक्रम तिमिल्सिनाका अनुसार आज बसेको बैठकले नेपाल विशेष सेवा ऐन २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

यस्तै नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा डाक्टर गोपालप्रसाद भट्ट, कैलालीलाई नियुक्त गर्ने, सहकारी सम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने, बचत तथा ऋण सहकारी नियमन तथा सुपरिवक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने निर्णय गरेको छ ।

यस्तै राष्ट्रिय सेवा दल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने, संघीय संसदमा ४ वटा प्रतिस्थापन विधेयकहरू पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

जसमा सहकारी ऐन २०७४ लाई संशोधन गर्न बनेको विधेयक, सार्वजनिक खरीद ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक, सम्पत्ति शुद्धिकरण ९मनी लाउन्ड्रिङ० निवारण ऐन २०६४ लाई संशोधन गर्न बनेको विधेयक र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi