Skip to content

अबको युगमा रास्वपालाई कसैले लडाउन सक्दैन, लडे आफ्नै खुट्टामा अल्झिएर लड्छ: सभापति लामिछाने

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले रास्वपा लड्यो भने आफ्नो खुटामा अल्झिएर लडने तर लडाउने आँट कसैमा नरहेको दाबी गरेका छन् । उनले अबको युगमा रास्वपालाई लडाउन कसैले नसक्ने समेत दाबी गरे ।

आज चितवनमा आयोजित आयोजित पार्टी महाधिवेशनमा लामिछानेले रास्वपाले त्यस्तो नगर्ने बताए । उनले देश रास्वपाको हातमा रहेको र सुरक्षित रहेको दाबी गरे ।
उनले आफ्नो अन्य पार्टी भित्र रहेका समस्या समाधान गर्न पनि आग्रह गरे ।
उलने यो महाधिवेशनबाट पार्टी भित्र रहेका बैमनश्यता कम गर्दै जाने बताए ।

शक्तिशाली हुनु भनेको प्रतिशोध साँध्नु नभएको बताएका छन् ।
कार्यक्रममा देश बालेनको हातमा रहेको र अब धमाधम गोल गर्ने काम बालेनको रहेको बताए । गोल गर्न नसके आफुले पास गर्ने बताए ।
उनले विभिन्न दलका मान्छे आफ्नो पार्टीमा आएको स्मरण गरे ।
भोली टिकट पाइएला, भोली पालिकामा टिकट पाउँछु भनेर लोभिनेहरु पनि रहेको बताए ।
भोलीका दिनमा पार्टीले विद्रोह गर्न परेको खण्डमा साथ दिन तयार छन की छैनन् भन्दै प्रश्न गरे ।
उनले जित्ने आफ्ना हुन भन्ने भावना लिएर गएको खण्डमा जसले जिते पनि रास्वपाले जित्ने बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi