Skip to content

ट्रक व्यवसायी महासंघले भन्यो रास्वपा महाधिवेशन तिरको रूढ प्रयोग नगर्नु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनस्थित भरतपुरमा हुने राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै नेपाल ट्रक यातायात व्यवसायी महासंघले आफ्ना सदस्य व्यवसायी तथा चालकहरूलाई विशेष सूचना जारी गरेको छ।

महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँद्वारा जारी सूचनाअनुसार रास्वपाको राष्ट्रिय महाधिवेशन असार ७, ८ र ९ गते भरतपुरमा हुँदैछ । महाधिवेशनको उद्घाटन असार ७ गते हुने तथा सोही दिन र्‍याली, झाँकी, जुलुसलगायत विभिन्न कार्यक्रम सञ्चालन गरिने भएकाले भरतपुरका बजार क्षेत्रहरूमा अत्यधिक भीडभाड हुने अपेक्षा गरिएको छ।

यसलाई ध्यानमा राख्दै महासंघले असार ७ गते बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म मालवाहक सवारी साधनहरूलाई बजार क्षेत्रमा प्रवेश नगर्न र वैकल्पिक मार्ग प्रयोग गरी सवारी सञ्चालन गर्न आग्रह गरेको छ।

महासंघले आफ्ना सबै सदस्य संस्थाहरूलाई उक्त जानकारी व्यवसायी तथा सवारी चालकहरूमाझ पुर्‍याई आवश्यक सहजीकरण गर्न अनुरोध गरेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T