काठमाडौं । नेकपा एमालेका नेता प्रदिप ज्ञवालीले रास्वपाको सभापतिमा रवि लामिछाने र बरिष्ठ नेतामा बालेन्द्र शाह करिब निर्वाचित भएको भन्दै शुभकामना दिए ।
उनले रास्वपाले पाएको असिम जनमतको सही सदुपयोग भएन भने त्यसले समस्या निम्त्याउने तर्फ सचेत बन्न आग्रह गरे । रास्वपाको जनमत राष्ट्रिय स्वाधिनतामा अडिग हुनुपर्ने बताए ।
न्यायालय कमजोर भयो, राष्ट्रपति संस्था कमजोर भयो भने, लोकतन्त्र कमजोर भयो भने त्यसले पार्ने प्रभाव राम्रो नहुने उल्लेख गरे । उनले रास्वपाका कतिपय काम बाचापत्र अनुसार बेमेल भएको होकी जस्तो देखिएको उनको भनाइ छ । गाडीमा ब्रेक र एसिलेटर सँगै सञ्चालन नगरे दुर्घटना हुने तर्फ सचेत गराए ।









प्रतिक्रिया दिनुहोस्