Skip to content

११ महिनामा भित्रियो २७ अर्ब ७५ करोडको ईभी, सबैभन्दा धेरै चीनबाट, भारत दोस्रो

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनासम्म आउँदा नेपालले २७ अर्ब ७५ करोड ५७ लाख ६८ हजार रुपैयाँ बराबरको इलेक्ट्रिक गाडी आयात गरेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको जेठ मसान्तसम्मको तथ्यांक अनुसार एसेम्बल तथा अनएसेम्बल गाडी र विद्युतीय तीनपाङ्ग्रेसहित कुल २८ हजार ९६० वटा ईभी नेपाल भित्रिएका छन्। जेठ मसान्तसम्म ईभी आयातबाट सरकारले १६ अर्ब २३ करोड ६२ लाख ७० हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

तथ्यांकअनुसार ईभी आयातमा चीनको वर्चस्व कायम रहेको छ। चीनबाट मात्रै २३ हजार ७८२ वटा विभिन्न श्रेणीका विद्युतीय सवारीसाधन आयात भएका छन्। त्यसैगरी, ईभी आयात हुने देशमध्ये भारत दोस्रो ठूलो मुलुक बनेको छ। भारतबाट ४ हजार ३१८ वटा ईभी आयात भएको छ ।

यस अवधिमा ५१ किलोवाटदेखि १०० किलोवाटसम्मका इलेक्ट्रिक कार, जीप र भ्यान सबैभन्दा बढी आयात भएका छन्। यस श्रेणीमा चीनबाट ४ हजार ७१५, भारतबाट ८१७ र थाइल्यान्डबाट ८२४ वटा गरी कुल ६ हजार ३५६ वटा सवारीसाधन नेपाल भित्रिएका छन्।

५० किलोवाटसम्म क्षमताका इलेक्ट्रिक कार, जीप तथा भ्यानतर्फ चीनबाट २ हजार २३० र भारतबाट १ हजार ४५० गरी ३ हजार ६८० वटा सवारीसाधन आयात भएका छन्।

त्यस्तै, १०१ किलोवाटदेखि २०० किलोवाटसम्म क्षमताका विद्युतीय सवारीसाधन चीन, भारत, जर्मनी, दक्षिण कोरिया र अमेरिकाबाट आयात भएका छन्। यस श्रेणीमा कुल ७९८ वटा सवारीसाधन नेपाल भित्रिएका छन्।

उच्च क्षमताका २०१ किलोवाटदेखि ३०० किलोवाटसम्मका ईभी भने सीमित संख्यामा आयात भएका छन्। अस्ट्रिया, चीन र अमेरिकाबाट जम्मा १० वटा सवारीसाधन आयात भएको तथ्यांकले देखाएको छ।

विद्युतीय तीनपाङ्ग्रे सवारीसाधनतर्फ पनि आयात उल्लेख्य रहेको छ। चीनबाट ६ हजार ७०६ वटा र भारतबाट १ हजार ८२८ वटा एसेम्बल्ड विद्युतीय तीनपाङ्ग्रे भित्रिएका छन् भने अनएसेम्बल्ड तीनपाङ्ग्रेतर्फ चीनबाट ९ हजार ३९१ र भारतबाट १५१ वटा आयात भएका छन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi