काठमाडौं । सोमबार सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष एंव पूर्वअर्थमन्त्री विष्णु पौडेललाई काठमाडौं ल्याइएको छ ।
स्थलमार्ग हुँदै काठमाडौं ल्याइएका उनलाई प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा लगेको छ ।
स्रोतका अनुसार उनलाई आज म्याद थपका लागि अदालत लैजाने तयारी भएको छ ।
उनलाई सम्पत्तिको शंकास्पद स्रोतमा अनुसन्धानका लागि पक्राउ गरिएको जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्