Skip to content

हिमालयन लाईफ नेतृत्व विहिनः कर्मचारीले मागे निमित्त सिईओ, संघद्धारा आन्दोलनको घोषणा 

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका कर्मचारीहरूले कम्पनीमा उत्पन्न नेतृत्व संकट तत्काल समाधान गर्न माग गर्दै सञ्चालक समितिलाई निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गर्न आग्रह गरेका छन्।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत निलम्बनमा परेको १० दिन बितिसक्दा पनि सञ्चालक समितिले कानुन तथा संस्थागत अभ्यासअनुसार निमित्त कार्यकारी प्रमुखको जिम्मेवारी तोक्न नसकेको भन्दै पेसागत बीमा अभिकर्तासंघ नेपाल र हिमालयन लाईफ इन्सोरेन्स कम्पनीका कर्मचारीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छन् ।
कर्मचारी संघले प्रचलित कानुन, कम्पनीको विनियम तथा संस्थागत अभ्यासबमोजिम तत्काल निमित्त प्रमुख कार्यकारी अधिकृत नियुक्त गरी कम्पनीको नियमित सञ्चालन सुनिश्चित गर्न सञ्चालक समितिसँग माग गरेको छ। संघले मिति २०८३ असार ९ गते बिहान ९ बजेसम्म माग सम्बोधन गर्न अल्टिमेटमसमेत दिएको छ।
निर्धारित समयभित्र माग पूरा नभए लाखौं बीमित, हजारौं अभिकर्ता तथा कर्मचारीहरूको हित संरक्षणका लागि चरणबद्ध आन्दोलनका कार्यक्रम लागू गरिने चेतावनी दिइएको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T