Skip to content

तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै

काठमाडौं । बैंकिङ प्रणालीमा बढ्दो अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले असार १० गते निक्षेप संकलन उपकरणमार्फत बैंकिङ प्रणालीबाट उक्त रकम खिच्न लागेको हो। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल (अक्सन) आयोजना गरिने जनाएको छ।

राष्ट्र बैंकका अनुसार निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आह्वान गरिएको कुल रकमसम्म, ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सक्नेछन्।

निक्षेप संकलनको बोलकबोल ब्याजदरका आधारमा गरिनेछ भने बहुब्याजदरमा समेत बहुबोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ। यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।

७९ दिन अवधिको उक्त निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज भदौ २६ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

पछिल्लो समय कर्जाको माग अपेक्षाअनुसार बढ्न नसक्दा बैंकिङ प्रणालीमा तरलता अत्यधिक मात्रामा थुप्रिएको छ। उक्त तरलता व्यवस्थापन गर्नको लागि राष्ट्र बैंकले तरलता प्रशोचन गरेको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima