Skip to content

निर्जीवन बीमा कम्पनीले गरे ४४ अर्ब ३८ करोडको व्यापारः पहिलाेमा शिखर, कुन कम्पनीको कति? 

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा निर्जीवन बीमा कम्पनीहरूले ४४ अर्ब रुपैयाँ माथिको बीमा व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार जेठ मसान्तसम्म सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरूले २६ लाख ५१ हजार १० बीमालेख बिक्री गरी ४४ अर्ब ३८ करोड ६४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।
कम्पनीहरूले जेठमा मात्रै दुई लाख ३९ हजार ३४८ बीमालेख बिक्री गरी चार अर्ब ९ करोड ६ लाख ८८ हजार रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।
जेठ मसान्तसम्म सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्ने यस्तो कम्पनी शिखर इन्स्योरेन्स रहेको छ । कम्पनीले २ लाख ९७ हजार ७३४ बीमालेख जारी गरी ५ अर्ब ६२ करोड ६३ लाख ७४ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
प्राधिकरणका अनुसार यस अवधिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)ले ४ अर्ब ७७ करोड ३९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ भने हिमालयन एभरेष्ट इन्स्योरेन्सले ४ अर्ब ७३ करोड ८ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेको छ ।
जेठ मसान्तसम्म सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३ अर्ब ९२ करोड २ लाख ७५ हजार रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गर्दा आईजीआई प्रुडेन्सियलले ३ अर्ब ९१ करोड २१ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ ।
प्राधिकरणका अनुसार जेठ मसान्तसम्म एनएलजी इन्स्योरेन्सले ३ अर्ब ७३ करोड १५ लाख ४१ हजार रुपैयाँ बराबरको व्यवसाय गरेको छ भने नेको इन्स्योरेन्सले ३ अर्ब २८ करोड ८२ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।
यस अवधिमा नेपाल इन्स्योरेन्स कम्पनीले १ लाख ७६ हजार ११४ बीमालेख बिक्री गरी एक अर्ब ९७ करोड ७५ लाख रुपैयाँ बीमाुशल्क आर्जन गरेको छ भने दी ओरियन्टल इन्स्योरेन्सले दुई अर्ब ८० करोड २१ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ ।
यस्तै, जेठ मसान्तसम्म राष्ट्रिय बीमा कम्पनीले एक अर्ब ४२ करोड ५६ लाख, नेशनल इन्स्योरेन्सले एक अर्ब १९ करोड ७१ लाख ३३ हजार रुपैयाँ बराबरको व्यवसाय गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।
प्राधिकरणका अनुसार यस अवधिमा प्रभु इन्स्योरेन्सले एक अर्ब ६४ करोड ९४ लाख र सानिमा जिआइसीले दुई अर्ब ५५ करोड ५१ लाख र युनाइटेड अजोड इन्स्योरेन्सले दुई अर्ब ७६ करोड ६१ लाख रुपैयाँ बराबरको व्यापार गरेका छन् ।
चालु आवको जेठ मसान्तसम्म निर्जीवन बीमा अन्तर्गतका ४ लघुबीमा कम्पनीहरूले सवा १ अर्बमाथिको व्यवसाय गरेका छन् । यस अवधिमा कम्पनीहरूले चार लाख ५५ हजार ६१२ बीमालेख जारी गरी एक अर्ब १९ करोड ६९ लाख ८९ हजार रुपैयाँ बराबरको व्यवसाय गरेका हुन् ।
यस अवधिमा नेपाल माइक्रो इन्स्योरेन्सले २७ करोड ७३ लाख, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ३४ करोड ६ लाख, स्टार माइक्रो इन्स्योरेन्सले २८ करोड ५३ लाख र ट्रष्ट माइक्रो इन्स्योरेन्सले २७ करोड ३५ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको हो ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi