Skip to content

बैंकिङ प्रणालीमा अधिक तरलता, ४५ अर्ब निक्षेप तान्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न ७५ दिन अवधिका लागि ४५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ। राष्ट्र बैंकले आज ४५ अर्ब रुपैयाँको निक्षेप संकलन उपकरणका लागि बोलकबोल आह्वान गरेको हो ।

बोलकबोल दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर (ओबीएसएस) मार्फत मात्र सञ्चालन गरिनेछ। निक्षेपको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ। यसको साँवा तथा ब्याज भुक्तानी भदौ २४ गते हुनेछ ।

बैंक तथा वित्तीय संस्थाले निक्षेपको बोलकबोलमा सहभागी हुन न्यूनतम १० करोड रुपैयाँ र अधिकतम आह्वान रकमसम्म आवेदन दिन सक्ने छन् । आवेदन रकम ५ करोड रुपैयाँले नि:शेष भाग जाने गरी प्रस्ताव गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार उक्त निक्षेप संकलन उपकरण नेपाल राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा समेत धितोका रूपमा प्रयोग गर्न सकिनेछ।

बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन तथा मौद्रिक व्यवस्थापनलाई प्रभावकारी बनाउन राष्ट्र बैंकले समय–समयमा निक्षेप संकलन उपकरणमार्फत बजारबाट रकम तान्दै आएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi