Skip to content

गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमन, रौतहटको सुरक्षा व्यवस्था मजबुत

रौतहट । सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणसहित जिल्लाको सुरक्षा व्यवस्था सुनिश्चित गर्न रौतहट प्रहरी थप सक्रिय भएको छ ।
गृहमन्त्रीले बारा, पर्साको छड्के अनुगमन गरी तस्करी नियन्त्रण र शान्तिसुरक्षा कायम गर्न कडा निर्देशन दिएपछि रौतहट प्रहरीले अझ सक्रिय, जिम्मेवार र व्यावसायिक ढङ्गबाट कार्यसम्पादन गरी जिल्लावासीको मन जित्न मातहतका ‘युनिट’लाई निर्देशन दिएको हो ।
प्रहरी उपरीक्षक एवं रौतहट प्रहरी प्रमुख सीताराम रिजालले बदलिँदो परिस्थितिलाई सूक्ष्मरुपमा विश्लेषण गरी जिल्लास्थित अन्य सुरक्षा निकायसँगको समन्वयमा सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउने उद्देश्यका साथ मातहतका प्रहरी ‘युनिट’ लाई स्पष्ट निर्देशन दिएसँगै सकारात्मक परिणाम आउन थालेको बताए ।
उनले भने, “सुरक्षाका दृष्टिले अति संवेदनशील र संवेदनशील क्षेत्रको पहिचान गरी सोही अनुसार हरेक पाँच किलोमिटरमा प्रहरी पोष्टको व्यवस्था गरिएको छ । जिल्ला प्रहरी कार्यालय गौरको ‘कमाण्ड’ मा प्रहरी नायब उपरीक्षकको नेतृत्वमा चपुर र गरुडामा रहेका प्रहरी कार्यालयको निगरानीमा मातहतका १० वटा इलाका प्रहरी कार्यालयसहित जिल्लाभरका प्रहरी पोष्टमा तैनाथ करिब ९०० प्रहरीलाई थप सक्रिय बताइएसँगै सुरक्षा व्यवस्था चुस्तदुरुस्त भएको छ ।”
यसैगरी, प्रहरी नायब उपरीक्षक एवं जिल्ला प्रहरी प्रवक्ता वसन्त गौतमका अनुसार मध्य तराईका बारा, पर्सा र सर्लाहीका सुरक्षा अधिकारीहरूसँग समेत आवश्यक समन्वय गरी रौतहटको सुरक्षा व्यवस्थामा कडाइ गरेपछि शान्ति सुव्यवस्थामा उल्लेखनीय सुधार भई गुनासो आउने क्रम रोकिएको, अवैध कारोबारमा संलग्न जो कोहीलाई पक्रेर दण्डित गर्न थालेपछि ‘तस्कर’हरूको भागाभाग भएको, राजस्व सङ्कलनमा वृद्धि भएको र समग्रमा रौतहटको सुरक्षा व्यवस्था अपेक्षा गरिएभन्दा पनि राम्रो भएको छ ।
जिल्लास्थित सरमुजवा ९बङ्कुल०, मोतिपुर नरकटिया, रामपुरखात, जयनगर, मठिया, औरैया, बजरहा, अमरपट्टि, गौर भन्सार र बेलबिचवामा गरी १० वटा इलाका प्रहरी कार्यालयसहित मातहतका प्रहरी पोष्टमा खटिएका प्रहरी कर्मचारीले रौतहटमा भरपर्दो एवं विश्वसनीय सुरक्षा प्रदान गर्दै आएको जिल्ला प्रहरी कार्यालयले स्पष्ट गरेको छ ।
यसैबीच रौतहटसँगै जोडिएको बाराको सिम्रौनगढस्थित इलाका प्रहरी कार्यालयले अपराध तथा तस्करी नियन्त्रणलाई अभियानका रुपमा टोली सञ्चालन गरी पछिल्लो आठ महिनमा करिब रु एक करोड १० लाख मूल्यको समान बरामद गरी पथलैया भन्सार कार्यालयलाई बुझाएको जनाएको छ ।
सो कार्यालयका प्रहरी निरीक्षक कृष्णादेव साहका अनुसार यही शनिबार एकै दिन ३० लाख ९० हजार मूल्यको सामान बरामद गरेको, सीमा नाकाबाट हुने गैरकारोबार न्यूनीकरण तथा नियन्त्रणका लागि रौतहट नजिकको कचौरवासहित अडुवा खोला, पचरौता, पिपरपाटी, घाटतोलालगायतका नाकाबाट हुने अवैध कारोबार न्यूनीकरण तथा नियन्त्रणका लागि मातहतका प्रहरी टोलीलाई थप सक्रिय बनाइएको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi