काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्री गर्न ल्याइएको रायो सागमा अत्यधिक परिमाणमा विषादी पाइएको छ । विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइले आज गरेको परीक्षणका क्रममा भक्तपुरको मध्यपुर थिमी उत्पादन गरेको रायो सागमा अत्यधिक परिमाणमा कार्बामेट र अर्गानोफोस्फेट समूहको विषादीको अवशेष पाइएको हो ।
भक्तपुरको मध्यपुर थिमी नगरपालिकाकी सीता रेग्मीले उत्पादन गरेको सागमा बिसादी भेटिएको छ । उक्त रायो सागमा अर्गानोफोस्फेट समूहको विषादीको अवशेष ८०.०१ प्रतिशत ‘इन्हिबिसन’ (रोकावट दर) र कार्बामेट समूहको विषादीको अवशेष २.५६६७ प्रतिशत पाइएको थियो ।










प्रतिक्रिया दिनुहोस्