Skip to content

शिखर इन्स्योरेन्सलाई राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन स्वर्ण पुरस्कार

काठमाडौं । शिखर इन्स्योरेन्सले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) द्वारा प्रदान गरिने ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५’ अन्तर्गत सामान्य बीमा (नन–लाइफ) विधामा स्वर्ण पुरस्कार प्राप्त गरेको छ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा शिखर इन्स्योरेन्सलाई उक्त सम्मान प्रदान गरेको हो। कम्पनीले आफ्नो वार्षिक प्रतिवेदनमा वित्तीय पारदर्शिता, सुशासन, सूचनाको गुणस्तर तथा प्रतिवेदन प्रस्तुतीकरणमा उत्कृष्टता प्रदर्शन गरेकाले स्वर्ण पुरस्कार प्रदान गरिएको जनाइएको छ।

आईक्यानद्वारा प्रदान गरिने यो पुरस्कार वार्षिक प्रतिवेदनको गुणस्तर, वित्तीय विवरणको विश्वसनीयता, संस्थागत सुशासन तथा सरोकारवालाप्रति उत्तरदायित्वका आधारमा मूल्याङ्कन गरी प्रदान गरिन्छ।

पुरस्कार प्राप्तिसँगै शिखर इन्स्योरेन्सले कम्पनीको पारदर्शी व्यवस्थापन, उच्चस्तरीय वित्तीय प्रतिवेदन प्रणाली तथा सुशासनप्रतिको प्रतिबद्धता पुनः स्थापित भएको जनाएको छ।

नेपालको बीमा क्षेत्रमा अग्रणी कम्पनीका रूपमा स्थापित शिखर इन्स्योरेन्सले पछिल्ला वर्षहरूमा सेवा विस्तार, डिजिटल रूपान्तरण तथा वित्तीय सुदृढीकरणमा उल्लेखनीय प्रगति गर्दै आएको छ। आईक्यानबाट प्राप्त यो सम्मानले कम्पनीको संस्थागत विश्वसनीयता थप मजबुत बनाउने विश्वास गरिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi