Skip to content

सेयर बजार २४.६३ अंकले घट्यो, कारोबार ३ अर्ब २५ करोड 

काठमाडौं । मंगलबार पनि सेयर बजार घटेको छ । अघिल्लो कारोबार दिन सोमबार घटेर बन्द भएको सेयर बजार मंगलबार पनि घटेको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज सेयर बजार मापक परिसूचक २४.६३ अंकले घटेर २६०८.३३ बिन्दुमा झरेको छ ।

अघिल्लो कारोबार दिन सोमबारको तुलनामा मंगलबार कारोबार रकम भने केही बढेको छ । सोमबार २ अर्ब ६७ करोड १६ लाख ३२ हजार ९६५ रुपैयाँ बराबरको कारोबार भएको सेयर बजारमा आज ३ अर्ब २५ करोड ८७ लाख ५८ हजार १४ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

आज कारोबारमा आएको ३५ कम्पनीको सेयर मूल्य बढेको छ । बाँकी २३५ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको सेयर मूल्य यथावत् रहेको छ ।

आज कारोबारमा आएको १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.७४ प्रतिशत घटेको छ।

आज कारोबारमा आएको स्नो रिभर्स लिमिटेडको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यसैगरी, आज कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य १३ प्रतिशतभन्दा बढी बढेको छ भने स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य करिब ११ प्रतिशत बढेको छ।

कारोबार रकमका आधारमा आज सिद्धार्थ बैंक शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज १३ करोड ३९ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi