Skip to content

कामना सेवा विकास बैंकको ४८ हजार कित्ता संस्थापक सेयर बिक्रीका लागि आवेदन खुला

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले बिक्रीमा रहेका ४८ हजार कित्ता संस्थापक सेयर खरिदका लागि इच्छुक अन्य व्यक्ति तथा संस्थालाई ७ दिनभित्र आवेदन दिन आह्वान गरेको छ।

बैंकले मंगलबार दोस्रो पटक सार्वजनिक सूचना प्रकाशित गर्दै विद्यमान संस्थापक सेयरधनीलाई ३५ दिनको समय दिँदा तोकिएको अवधिभित्र कुनै पनि आवेदन प्राप्त नभएको जनाएको छ।

नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएको एकीकृत निर्देशन–२०८२ को निर्देशन नम्बर १० को बुँदा १५ बमोजिम अब अन्य व्यक्ति वा संस्थाले उक्त संस्थापक सेयर खरिदका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ।

इच्छुक व्यक्ति वा संस्थाले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आवश्यक कागजातसहित बैंकको केन्द्रीय कार्यालय, ज्ञानेश्वर, काठमाडौंमा आफूले खरिद गर्न चाहेको सेयर कित्ता उल्लेख गरी निवेदन पेश गर्नुपर्नेछ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima