इटहरी । एजली इलेक्ट्रोनिक्स सिंगापुर प्रालि (एलजी) ले आफ्नो आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्स सँगको सहकार्यमा नयाँ घरेलु उपकरण एलजी एसेन्सियल सिरिज सार्वजनिक गरेको छ ।
इटहरीस्थित रामदा होटलमा आयोजित विशेष कार्यक्रममा उक्त श्रृंखलाको औपचारिक अनावरण गरिएको हो।
“हरेक घरको खुशी, घर-घरमा एलजी ” अभियानअन्तर्गत सार्वजनिक गरिएको एसेन्सियल सिरिजले आधुनिक प्रविधि, उत्कृष्ट कार्यसम्पादन, टिकाउपन तथा किफायती मूल्यलाई एकैसाथ समेटेको छ। नेपाली परिवारहरूको दैनिक आवश्यकता तथा स्थानीय परिस्थितिलाई ध्यानमा राखेर डिजाइन गरिएका यी उत्पादनहरूले गुणस्तरीय जीवनशैलीलाई अझ सहज बनाउने एलजी को विश्वास रहेको छ।
नयाँ श्रृंखलामा नेपाली बजारका लागि विशेष रूपमा डिजाइन गरिएका डबल-डोर रेफ्रिजेरेटर, फुल्ली अटोमेटिक टप-लोड वासिङ मेसिन तथा रूम एयर कन्डिसनर समावेश छन्।
यस रेफ्रिजेरेटरले म्यानुअल डिफ्रोस्टिङको आवश्यकता हटाउँछ । मौसमअनुसार स्वचालित रूपमा चिस्यान नियन्त्रण गर्छ भने अघिल्ला मोडेलहरूको तुलनामा २० प्रतिशत ठूलो तरकारी भण्डारण क्षमताले नेपाली परिवारहरूको आवश्यकतालाई प्रभावकारी रूपमा सम्बोधन गर्ने कम्पनीको दाबी छ ।









प्रतिक्रिया दिनुहोस्