Skip to content

नेपाल राष्ट्र बैंकद्वारा वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण सुरु 

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण, २०८३ सञ्चालन गर्ने भएको छ। बैंकले वित्तीय ग्राहकहरूको सन्तुष्टिको स्तर मापन गर्ने उद्देश्यका साथ देशका ७७ वटै जिल्लामा सर्वेक्षण गर्न लागेको जनाएको छ।
राष्ट्र बैंकका अनुसार सबै प्रकारका स्थानीय तह समेटेर  र्यान्डम स्याम्पलिङ विधिबाट वडा छनोट गरी कुल १० हजार ४०५ नमुना सङ्कलन गरिनेछ। सर्वेक्षणमार्फत वित्तीय सेवाको पहुँच, सेवा गुणस्तर, पारदर्शिता, गुनासो व्यवस्थापन, वित्तीय ग्राहक संरक्षण तथा समग्र वित्तीय सेवाप्रति ग्राहकहरूको धारणा र अनुभव सङ्कलन गरिनेछ।
राष्ट्र बैंकले सर्वेक्षणलाई प्रभावकारी, विश्वसनीय र निष्पक्ष बनाउन सम्बन्धित सबै पक्षसँग यथार्थ जानकारी उपलब्ध गराई तथ्याङ्क सङ्कलन कार्यमा सहयोग गर्न आग्रह गरेको छ। सर्वेक्षणमा सहभागिता पूर्ण रूपमा स्वैच्छिक हुने तथा सहभागीले आफूलाई असहज लागेका प्रश्नहरूको उत्तर दिन अस्वीकार गर्न सक्ने व्यवस्था गरिएको छ।
सर्वेक्षणका क्रममा सङ्कलित सबै विवरण तथा जानकारी तथ्याङ्क ऐन, २०७९ अनुसार गोप्य राखिने र केवल सामूहिक तथ्याङ्कीय प्रयोजनका लागि मात्र प्रयोग गरिने राष्ट्र बैंकले स्पष्ट पारेको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T