Skip to content

पेट्रोलियम पदार्थको मूल्य एकै पटक धेरै घटेपछि पम्प बन्द: आयल निगम भन्छ–मौज्दात कम भएकाले यस्तो भयो

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य एकै पटक उल्लेख्य रूपमा घटेपछि काठमाडौं उपत्यकासहित देशका प्रमुख सहरका केही पेट्रोलपम्पले बिक्री वितरण रोकेका छन्। तर, नेपाल आयल निगमले भने पम्पमा मौज्दात कम भएका कारण केही समय समस्या देखिएको र अहिले अवस्था सामान्य भइसकेको दाबी गरेको छ।

निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार पम्पमा इन्धनको मौज्दात कम हुँदा केही स्थानमा उपभोक्ताको लाइन देखिएको हो। थानकोट डिपोबाट मागअनुसार इन्धन लोड गरेर पठाइसकिएको र अधिकांश पम्पमा पुगिसकेको तथा बाँकीमा पुग्ने क्रममा रहेको उनले बताए।

“पम्पमा तेलको मौज्दात कम भएका कारण केही लाइन देखिएको हो। थानकोट डिपोबाट मागअनुसार तेल पठाइसकिएको छ। पेट्रोलियम पदार्थको बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ, अहिले कुनै समस्या छैन,” प्रवक्ता ठाकुरले भने।

पेट्रोलियम पदार्थको मूल्य घटेपछि काठमाडौं उपत्यकाका अधिकांस पम्पहरु बन्द रहेका थिए । खुलेका केहि सरकारी पम्पमा इन्धन भर्नेको लामो लाइन देखिएको थियो।

निगमका अनुसार काठमाडौं उपत्यकाका पेट्रोलपम्पले शुक्रबार थानकोटस्थित डिपोबाट १३ लाख लिटर डिजेल र १३ लाख लिटर पेट्रोल उठाएका छन्। उपत्यकामा १३० भन्दा बढी पेट्रोलपम्प सञ्चालनमा रहेका छन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi