Skip to content

सेयर बजार ४४.५९ अंकले बढ्यो, कारोबार रकममा पनि सुधार 

काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज सेयर बजार मापक परिसूचक ४४.५९ अंकले बढेर २६५२.९३ बिन्दुमा उक्लिएको छ । आज सेयर बजार समग्रमा १.७० प्रतिशतले बढेको छ । मंगलबारको कारोबारमा परिसूचक २४.६३ अंकले घटेको थियो ।

सेयर बजारमा आज परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । बुधबारको बजारमा ३ अर्ब ८६ करोड ११ लाख ८३ हजार ४१० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । मंगलबार ३ अर्ब २५ करोड ८७ लाख ५८ हजार १४ रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

आज कारोबारमा आएको १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सबैभन्दा २.६० प्रतिशत बढेको छ। आज जलविद्युत, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ, विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, लघुवित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

नेप्सेका अनुसार आज स्नो रिभर्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यसैगरी, आज सिवाईसी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य १४ प्रतिशतभन्दा बढी बढेको छ ।

कारोबार रकमका आधारमा आज लक्ष्मी सनराइज बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन २८ करोड ८४ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। यसैगरी, आज रिलायन्स स्पिनिङ्ग मिल्सको साढे १७ करोड रुपैयाँबराबरको सेयर किनबेच भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T