Skip to content

कानून मिच्ने आरके म्यानपावरलाई वैदेशिक रोजगार विभागले गर्यो नगदसहित कारबाही

 

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ऐन, २०६४ को प्रावधान विपरीत कार्य गरेको भन्दै आरके म्यानपावर ग्रुप लाई कारबाही गरेको छ।

विभागले उक्त म्यानपावरलाई ३ लाख रुपैयाँ जरिवाना गर्दै सचेत गराएको हो।

विभागका अनुसार, वैदेशिक रोजगार ऐन, २०६४ को दफा २१ को उपदफा ३ बमोजिम इजाजतपत्र प्राप्त संस्था (म्यानपावर) ले व्यक्तिगत श्रम स्वीकृति सम्बन्धी कार्य गरी कामदार पठाउन नपाउने कानूनी व्यवस्था रहेको छ ।

उक्त कानूनी व्यवस्थाको पूर्ण पालनाका लागि विभागले २०८२ चैत २७ गते सार्वजनिक सूचना समेत जारी गरेको थियो।

तर, अनुसन्धानका क्रममा आरके म्यानपावरले उक्त कानूनी व्यवस्था र विभागको निर्देशन पालना नगरेको पाइएपछि विभागले मिति २०८३/०३/१८ गते कारबाहीको निर्णय गरेको हो। विभागले ऐनको दफा ५४ बमोजिम संस्थालाई प्रथम पटकका लागि सचेत गराएको छ भने दफा ५२ बमोजिम अधिकतम ३ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ।

वैदेशिक रोजगारका नाममा हुने अवैध प्रक्रिया र व्यक्तिगत श्रम स्वीकृतिको आवरणमा हुने ठगी नियन्त्रण गर्न विभागले यस्तो कदम चालेको बुझिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi