Skip to content

ग्लोबल आइएमई बैंकले ल्यायो लगइन नगरि मोबाइल एपबाटै सेकेन्डभरमै खाता रोक्का गर्न सकिने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले डिजिटल बैंकिङ ठगी (फिसिङ र स्क्याम) बाट ग्राहकको निक्षेप सुरक्षित राख्न मोबाइल एपमा लगइन समेत गर्नु नपर्ने गरी सेकेन्डभरमै खाता रोक्का (ब्लक) गर्न सक्ने अत्याधुनिक प्राविधिक प्रणाली सञ्चालनमा ल्याएको छ । वित्तीय तथा डिजिटल साक्षरताको अभावका कारण अनलाइन ठगीका घटनाहरू बढेपछि बैंकले ग्राहकको सुरक्षाका लागि यो कडा सुरक्षात्मक व्यवस्था मिलाएको हो ।
कुनै पनि सम्भावित वित्तीय ठगी वा खाता ह्याक भएको शंका लागेमा ग्राहकले बैंकको ‘ग्लोबल कनेक्ट’ को आधिकारिक नम्बर ०१–५९७०६०० मा फोन गरेर मौखिक रूपमै वा बैंकको मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ मार्फत आफैँ खाता रोक्का गर्न सक्नेछन् । यस प्रविधिको मुख्य विशेषता ग्राहकले एपभित्र पासवर्ड वा बायोमेट्रिक्स हानेर लगइन गरिरहनु पर्दैन।
एप खोल्नासाथ देखिने ‘कल साइन’ भित्र रहेको ‘अकाउन्ट ब्लक बाई मिसकल’ विकल्प छनोट गर्नासाथ बैंक खाता तत्कालका लागि पूर्ण रूपमा रोक्का हुनेछ । नेपाल राष्ट्र बैंकले पनि हालै सम्पूर्ण वाणिज्य बैंकहरूलाई ग्राहकको मौखिक वा अनलाइन अनुरोधका आधारमा तुरुन्त खाता रोक्का गर्ने व्यवस्था मिलाउन निर्देशन जारी गरिसकेको छ ।
उत्कृष्ट सेवा प्रवाहकै कारण ग्लोबल आइएमई बैंकले ‘बैंक अफ द इयर २०१४’, सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेष्ट बैंक नेपाल’ लगायतका प्रतिष्ठित विश्वस्तरीय अवार्डहरू प्राप्त गरिसकेको छ ।
मुलुकको ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक ग्लोबल आइएमईले हाल ३४४ शाखा, ३६८ एटिएम, १४७ शाखा रहित बैंकिङ, ६९ एक्सटेन्सन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय सहित एक हजार भन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई परिष्कृत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । साथै, बैंकले विश्वका विभिन्न देशहरूबाट सुरक्षित रेमिट्यान्स भित्र्याउँदै देशको अर्थतन्त्रमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi