काठमाडौं । पत्रकार खेम भण्डारी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले उनलाई अदालतको फैसला कार्यान्वयनका लागि पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार भण्डारीविरुद्ध गालीगलौजसम्बन्धी मुद्दा रहेको छ ।
उक्त मुद्दामा अदालतले एक महिना ७ दिन कैद सजाय र जरिवानाको फैसला गरिसकेको छ ।









प्रतिक्रिया दिनुहोस्