Skip to content

कामना सेवा विकास बैंकले ५ हजार कित्ता संस्थापक सेयर बेच्दै 

काठमाडौं । कामना सेवा विकास बैंकले  ५ हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंककाे संस्थापक सेयरधनीहरूले आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयर बिक्री गर्न लागेको हुन ।
बैंकका अनुसार सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र इच्छुक संस्थापक सेयरधनीहरूले आवश्यक कागजातसहित बैंकको केन्द्रीय कार्यालय, ज्ञानेश्वर, काठमाडौंमा निवेदन दिनुपर्नेछ। निवेदनमा खरिद गर्न चाहेको सेयर संख्याको विवरण समेत खुलाउनुपर्ने बैंकले जनाएको छ।
बैंकले तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट खरिदका लागि निवेदन प्राप्त नभएमा नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन तथा प्रचलित कानुनबमोजिम बाह्य खरिदकर्तालाई संस्थापक सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने जनाएको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima