काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडादर घटाएको छ ।
यातायात व्यवस्था विभागले आज अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा घटाएको हो । नेपाल आयल निगमनले इन्धनको मूल्य घटाएसँगै विभागले यातायातको भाडा २ प्रतिशतले घटाएको हो ।
विभागका अनुसार अब यात्रुवाहक सवारी साधन, पहाडी बाटोमा चल्ने मालवाहक सवारी र तराईको बाटोमा चल्ने मालवाहक सवारी साधन सबैमा २ प्रतिशत भाडा घटाइएको छ ।
घटेको भाडादर असार १८ गतेदेखि नै लागू हुने छ । यात्रुवाहक सवारी साधनमा घटीमा २ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा पनि २ प्रतिशत भाडा घटेको हो ।









प्रतिक्रिया दिनुहोस्