काठमाडौं । नेकपा एमालेका पूर्व सांसद लक्ष्मी महतो कोइरी पक्राउ गरेका छन् ।
ड्युटीमा रहेका सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको हत्यामा उच्च अदालतको फैसलाअनुसार उनी पक्राउ गरेका हुन् । उनलाई अदालतले कैद सजाय ठहर गरेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार उनलाई आज साँझ महोत्तरीको गौशाला नगरपालिका-५ स्थित एमाले पार्टी कार्यालय अगाडिको सार्वजनिक स्थानबाट पक्राउ गरिएको हो ।
२०७२ भदौ २५ गते ड्युटीमा रहेका विकको हत्या भएको थियो । उक्त मुद्दामा महोत्तरी जिल्ला अदालतले २०८० मंसिर २८ गतेको फैसला उल्ट्याउँदै उच्च अदालत जनकपुरले २०८३ असार १७ गते कोइरीलाई ५ वर्ष कैद सजाय हुने फैसला गरेको छ ।









प्रतिक्रिया दिनुहोस्