काठमाडौं । बिहीबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ । बिहीबार सुनको मूल्य प्रतितोला ६ हजार २०० रुपैयाँ र चाँदी प्रतितोला १८० रुपैयाँ बढेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार बजारमा सुन तोलाको २ लाख ७७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, बिहीबारको बजारमा चाँदीको मूल्य तोलाको ४ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा चाँदी तोलाको ४ हजार २७० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्