Skip to content

बीमा प्राधिकरणमा उजुरीको चाङ: १७४ थपिए, ३२७ विचाराधीन

काठमाडौं । नेपाल बीमा प्राधिकरणमा ११ महिनामा १७४ वटा उजुरी दर्ता भएका छन् । प्राधिकरणका अनुसार चालु आर्थिक वर्ष २०८२।०८३ को जेठ मसान्तसम्म १७४ उजुरी दर्ता भएका हुन् ।

जसमा केन्द्रिय कार्यालयमा १२५ वटा र प्रदेश कार्यालयमा ४९ वटा उजुरी परेका छन् । यस्तै गत आवमा केन्द्रिय कार्यालयमा १४४ वटा र प्रदेश कार्यालयमा ९१ वटा उजुरी परेका छन् । गत आवमा पुनरावेदनबाट आएको मुद्दाको स‌ंख्या ३ रहेको छ ।

प्राधिकरणका अनुसार गत आवमा बाँकी रहेका ३९४ उजुरीको अझै फैसला हुन सकेको छैन । गत आव र चालु आवको ११ महिनामा ६९९ वटा उजुरी परेका छन् ।

प्राधिकरणले जेठ मसान्तसम्म १७० वटा मुद्दामा फैसला सुनाएको छ भने ५८ वटा उजुरीमा सहमति गराएको छ । जेठ मसान्तसम्म २२८ वटा उजुरी फछर्यौट भएका छन् ।

प्राधिकरणले गत आवको सोही अवधिमा ८५ वटा उजुरीमा फैसला गरेको थियो भने ४६ वटा मुद्दामा सहमति गरेको थियो । गत आजमा १३१ वटा मुद्धा फछर्यौट गराएको जनाएको छ ।

चालु आवको जेठ मसान्तसम्म ३२७ वटा उजुरीहरु विचाराधिन छन् । गत आवको सोहि अवधिमा ३९४ वटा विचाराधिन थिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T