Skip to content

कर्मचारी सञ्चयकोषले हिमालयन बैंकको सञ्चालकमा वीरेन्द्र पौडेललाई नियुक्त गर्यो 

काठमाडौं । बैंकको सञ्चालक समितिमा रिक्त रहेको संस्थापक सञ्चालक पदमा कर्मचारी सञ्चयकोषका तर्फबाट वीरेन्द्र पौडेल नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको असार १७ गते बसेको ४९९औँ बैठकले पौडेललाई संस्थापक सञ्चालकका रूपमा नियुक्त गर्ने निर्णय गरेको हो।
उनको नियुक्ति असार २३ गतेदेखि लागू हुने बैंकले जनाएको छ। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १४ उपदफा (२)(ख) तथा कम्पनी ऐन, २०६३ को दफा ९० उपदफा (२) बमोजिम कर्मचारी सञ्चयकोषको प्रतिनिधिका रूपमा पौडेललाई सञ्चालक समितिमा नियुक्त गरिएको बैंकले जनाएको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T