काठमाडौं । शुक्रबार सुन–चाँदीको मूल्यमा उच्च वृद्धि भएको छ । शुक्रबार सुनको मूल्य तोलाको ७ हजार २०० रुपैयाँ र चाँदीको मूल्य तोलाको १६५ रुपैयाँ बढेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको बजारमा सुनको मूल्य तोलाको २ लाख ८३ हजार ५०० रुपैयाँ र बुधबार बजारमा २ लाख ७७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि तोलाको १६५ रुपैयाँ बढेर ४ हजार ६१५ रुपैयाँमा कारोबार भएको छ। बिहीबारको बजारमा चाँदीको मूल्य तोलाको ४ हजार ४५० रुपैयाँमा बुधबारको बजारमा ४ हजार २७० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्