Skip to content

सेयर बजार ८.३० अंकले घट्यो, कारोबार साढे ४ अर्ब नजिक

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार ओरालो लागेको छ । शुक्रबार सेयर बजार मापक नेप्से परिसूचक ८.३० अंकले घटेर २६५३.४० बिन्दुमा झरेको छ । आज समग्रमा सेयर बजार ०.३१ प्रतिशत घटेको छ ।
 सेयर सेयर बजार घटेको भएता पनि कारोबार रकम भने अघिल्लो कारोबार दिन बिहीबारको तुलनामा बढेको छ । बिहीबार ४ अर्ब ११ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ४ अर्ब ४१ करोड २३ लाख ४० हजार रुपैयाँबराबरका सेयर खरिदबिक्री भएको छ।
आज कारोबारमा आएको १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ।  आज वित्त उपसमूहको परिसूचक सर्वाधिक १.०६ प्रतिशत बढेको छ।  यसैगरी, विकास बैंक, जलविद्युत, लघुवित्त र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ। कारोबारमा आएको बैंकिङ उपसमूहको परिसूचक सबैभन्दा धेरै ०.९६ प्रतिशत घटेको छ।
आज कारोबारमा आएको ३ कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज सानिगाड हाइड्रो, स्नो रिभर्स र कालंगा हाइड्रोको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। आज नेपाल फाइनान्सको सेयरमूल्य करिब १४.९२ प्रतिशत बढेको छ ।
कारोबार रकमका आधारमा आज ४ प्रतिशत एग्रीकल्चरल बण्ड शीर्ष स्थानमा रहेको छ। आज ४३ करोड रुपैयाँबराबरको सो बण्ड किनबेच भएको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi