Skip to content

बैंकिङ प्रणालीमा अधिक तरलता, २० अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने भएको छ । राष्ट्र बैंकले आज ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ घ’ जारी गर्न लागेको हो ।

ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आवेदन दिन सक्नेछन् ।

ऋणपत्रमा मध्याह्न ३ बजेसम्म अनलाइनबाट बोलकबोलमा सहभागी हुन सकिने छ। यसको ब्याजदर बोलकबोलका माध्यमबाट निर्धारण गरिने छ ।

यो एकवर्षे अवधिको ऋणपत्र साँवा भुक्तानी २०८४ असार २२ गते हुने छ । ब्याज अर्धवार्षिक रुपमा भुक्तानी हुनेछ । ऋणपत्रमा न्यूनतम ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा नि:शेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलपत्र पेस गर्न सकिनेछ।
यसलाई बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न सकिने छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi