काठमाडौं । नक्कली भुटानी शरणार्थी मुद्दामा ३० जना प्रतिवादी दोषी ठहर भएका छन् । आज काठमाडौं जिल्ला अदालतले फैसला सुनाएको हो ।
२०८० जेठ १० गते पूर्वउपप्रधानमन्त्री .टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृह सचिव टेकनारायण पाण्डे, पूर्व सांसद आङटावा शेर्पा र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित ३० जना विरुद्ध किर्ते, ठगी, सङ्गठित अपराध र राज्यविरुद्धको अपराधमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको थियो ।
उनीहरुले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएको दाबी छ ।
यस प्रकरणमा बिचौलियाद्वय केशव दुलाल, उनकी पत्नी दीपा हुमागाईं, बिचौलिया सानु भण्डारी र सन्देश शर्माका साथै टंककुमार गुरुङ, मोहनराज राई, विनिता सावदेन लिम्बु, सागर राई, आशिष बुढाथोकी, निरञ्जनकुमार खरेल, केशव तुलाधर, बिचौलिया हरिभक्त महर्जन, उनकी पत्नी लक्ष्मी महर्जन, राजेश अर्याल, सुनिल बुढाथोकी, रामशरण केसी, अशोक पोखरेल, गोविन्दकुमार चौधरी, धिरेन राई, बेचन झा र भुटानी शरणार्थी नेता टेकनाथ रिजाल विरुद्ध दायर मुद्दा दायर भएको थियो ।
दोषीहरुको सजाय निर्धारण अर्को पेशीमा तोकिने न्यायाधीश तेजबहादुर खड्काको इजलासको आदेशमा उल्लेख छ ।









प्रतिक्रिया दिनुहोस्