काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँड, पूर्वगृहसचिव टेकनारायण पाण्डे दोषी ठहर भएका छन् ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश तेजबहादुर खड्काको इजलासले ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा उनीहरुर्लाइ दोषी ठहर गरेको हो ।
अदालतले खाँड रायमाझी, पाण्डेका साथै केशव प्रसाद दुलाल, सानु भण्डारी, सागर राई, संदेश शर्मा, डा. इन्द्रजित राई, गोविन्द चौधरी, आङटावा शेर्पालाई ठगि तथा संगठित अपराधमा दोषी ठहर गरेको छ ।
केशव प्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, डा. इन्द्रजीत राई, विक्रम भन्ने गोविन्द कुमार चौधरी, आङटावा शेर्पा, टेक नारायण पाण्डे र टोप बहादुर रायमाझीले संगठित रुपमा ठगी गरी उक्त कसूरबाट राज्य बिरुद्धको कसूर तथा एकिकृत कसूर गरेको ठहर गरेको ठहर गरेको छ ।
खाँड, टेकनाथ रिजाल, नरेन्द्र के.सी.,शमशेर र्मिया, हरिभक्त महर्जन, निरञ्जन कुमार खरेलले राज्य विरुद्धको कसूरमा मतियार रहेको ठहर गरेको छ ।
इजलासले सन्दिप रायमाझी, केशव तुलाधर, टंककुमार गुरुङ, रामशरण केसी, आशिष बुढाथोकी, लक्ष्मी महर्जन र प्रतिक थापासहितलाई सफाई दिएको छ ।
नेपालीहरुलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले २०८० सालमा ३० जनामाथि मुद्दा दायर गरेको थियो ।









प्रतिक्रिया दिनुहोस्