काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेको छ ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ कोदफा ९४(क) मा भएको व्यवस्था अनुसार प्रत्येक वर्ष मौद्रिक नीतिसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दा बैंकले अघिल्लो वर्ष अवलम्बन तथा लागू गरेको मौद्रिक नीतिको सिंहावलोकन र मूल्याङ्कन गर्नुपर्ने व्यवस्था रहेको छ ।
सो व्यवस्थाअनुरूप आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति कार्यान्वयन स्थितिको वार्षिक समीक्षा गरी यो प्रतिवेदन तयार पारिएको जनाएको छ ।
यस प्रतिवेदनमा आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति तर्जुमा गर्दाका समयमा विद्यमान समष्टिगत आर्थिक परिदृश्य, नीति तथा कार्यक्रमकोकार्यान्वयनमा देखिएका चुनौती एवम् सोको कार्यान्वयन स्थितिको समीक्षा गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्